जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०७:३६

माओवादी छिटोभन्दा छिटो वामपन्थतिर नफर्किए ष्ट्रिय पार्टी बन्न पनि मुश्किल – नेता रिजाल


काठमाडौं, १८ मंसिर । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्ने बताउनुभएको छ ।

पाँच वर्षमा आधा सिट घट्दा पनि माओवादीले दक्षिणपन्थी पार्टीलाई नेता मानिरहेमा अब हुने निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पनि मुश्किल हुने उहाँको दाबी छ ।

‘कम्तीमा दोस्रो पुस्ताका र युवा नेता–कार्यकर्ताले अब त बुझ्नुपर्ने हो,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । ‘आफ्नै बचेखुचेको भविष्यका लागि पनि माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ ।