दोलखा, मंसिर १८ । दोलखाको प्रतिनिधिसभामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता झनै बढाउनु भएको छ ।
शिवकोटीले२०१७ मतको अग्रता लिनुभएको हो । अहिलेसम्मको मतगणनामा शिवाकोटीले १७,३११ मतसहित अग्रता लिनुभएको छ। त्यस्तै नेकपामाओवादी केन्द्रका गंगा कार्कीले १५,३१४ मतसहित शिवाकोटीलाई पछ्याइरहनु भएको छ ।
प्रदेशसभामा भने १ मा कांग्रेसकाकुन्दनराज काफ्ले र २ मा एमालेका भरत केसीले जित सुनिश्चित गरिसक्नु भएको छ । अब तामाकोशी र बैँतेश्वर गाउँपालिकाकोमतगणना बाँकी रहेको छ ।
दुबै पालिकामा गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्