जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १२:५७

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १८ मंसिर । नेपाल सुनचाँदी व्यवसाय महासघंले आज सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ । जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।