जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १२:३०

बढ्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?


काठमाडौं, १९ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० कायम रहेको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ ।