जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार ०९:१९

पार्टीका नेता-कार्यकर्ताले दिपक मनाङेबाट धेरै कुरा सिक्नुपर्छ : महासचिव भुसाल


काठमाडौं, मंसिर २१ । एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले दिपक मनाङेबाट धेरै कुरा सिक्नुपर्ने बताउनु भएको छ ।

पाँच बर्षअघि नेकपा एमाले प्रवेश गर्दा गुण्डा नाइके भित्र्याएको भन्दै नेतृत्वको चर्काे आलोचना गर्नुभएका भुसालले आफ्नो दलमा मनाङेलाई भित्र्याएपछि उहाँबाट धेरै कुरा सिक्नुपर्ने बताउनु भएको हो ।

प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङे सोमबार मात्र एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय, तिनकुनेमा स्वागत गर्दै महासविव भुसालले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको बताउनु भयो ।

उनले भनेका छन्, ‘एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नुभएको छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ।’