जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १६:३८

चोलेन्द्र प्रकरणमा सर्वाेच्चले माग्यो संसद सचिवालयसँग ६ प्रश्नको जवाफ (पत्रसहित)


काठमाडौं, मंसिर २१ । सर्वाेच्च अदालतले संघीय संसद सचिवालयलाई पत्र लेखेर ६ प्रश्नको जवाफ मागेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि लगाइएको महाअभियोग प्रश्ताव निस्कृय भएको जनाउँदै संसद सचिवालयले पत्र दिएपछि सर्वाेच्चले आज सो पत्रको बारेमा ६ वटा प्रश्नसहित जवाफ मागेको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जवराको महाअभियोग निश्प्रभावी भएको पत्र पठाउनु भएको हो । गौतमको सो पत्रपछि जवरा सर्वाेच्च जाने तयारी गर्नुभएको थियो । तर सर्वाेच्चले आज संसद सचिवालयलाई पत्राचार गरी ६ वटा प्रश्नको जवाफ मागेको छ ।