जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार १२:४८

सुन तोलाको एक लाख रुपैयाँ नाघ्यो


काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको हो । बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।