जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार ०९:१९

पशुपतिनाथ बुद्ध फाउन्डेसन अब बोस्टनको आफ्नै भवनमा


बोस्टन, साउन २४

पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इङ्गल्यान्डले बोस्टनस्थित आफ्नै भवन सरेको छ । अमेरिकाको म्यासच्युसेट्स राज्यको बोस्टनस्थित नेपाली पहिचानको केन्द्र मन्दिर र स्तूपा सहितको सामुदायिक भवनका लागि सन् २०१२ देखि यस क्षेत्रका नेपाली प्रयासरत थिए । भवनका लागि चर्चको पुरानो घर किनिएको हो।

नर्थफोक काउन्टीस्थित रजिस्ट्री अफ डिड ९घर(जग्गा दर्ता कार्यालय) मा भवन खरिद बुधबार गरिएको हो । ४७ वटा पार्किङ र १४ हजार ४ सय स्क्वायर फिट क्षेत्रफल ओगटेको उक्त भवन रेडलाइन रेलको अन्तिम स्टेसनसँगै छ। भवनका लागि करिब ११ लाख डलर उठेको छ। न्यू इङ्गल्याण्डका ६ राज्य र यसको प्रमुख महानगर बोस्टन क्षेत्रमा नेपालीको जनसंख्या उल्लेख्य रूपमा बढ्दै गएसँगै आफ्नो संस्कृति, धर्म–कर्म, रीति तथा परम्पराको निरन्तरताका लागि आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द्रको आवश्यकता महसुस हुँदै आएकाले पशुतिपतिनाथको मन्दिर र भगवान बुद्धको स्तुपासहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्य सहित सन् २०१२ अक्टोबर १५ मा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इङ्गल्यान्डको स्थापना भएको हो।

अमेरिकाको उत्तरपूर्वमा पर्ने छ राज्यहरू स् मेन, न्यु ह्याम्सर, भर्मन्ट, म्यासच्युसेट्स, रोड आइल्यान्ड र कनेटीकटलाई सामूहिक रूपमा ‘न्यु इंगल्याण्ड’ भनिन्छ । मेनबाहेक अरू ५ राज्यमा नेपालीको संख्या उल्लेख्य छ।