काठमाडौं, २६ मंसिर । सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी १४ सय रुपैयाँ कायम रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्