काठमाडौं, २७ मंसिर । सेयर बजार मंगलबार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमम वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागे संगै १२ कम्पनी स्थिर रहेको छ । यस्तै, कुल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
हिजो पनि सेयरबजार घटेको थियो । सोही दिन सेयर बजार ३१.९७ अंकले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज पनि नविल बैंक शीर्ष स्थानमा छ । यसको आज ७ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी र तेस्रोमा सुम्मीत लघुवित्त वित्तिय संस्थाको कारोबार भएको छ । यता, सिवाइसियलको सेयर मूल्य १० प्रतिशत र सञ्जेन जलविद्युत कम्पनीको ७.७३ प्रतिशतले बढेको छ । कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसूचकबाहेक सबै उपसुचकमा ओरालो लागेको छ ।













प्रतिक्रिया दिनुहोस्