काठमाडौं, मंसिर २७ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचित हुनुभएका प्रभु साह र अमरेशकुमार सिंहले मधेशमा नयाँ दल जन्माउने गृहकार्य अन्तिम चरणमा पुगेका छन ।
सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिंह र रौतहट ३ बाट निर्वाचित साहले नयाँ दल जन्माउने गृहकार्य अघि बढाउनु भएको हो । सिंहले सिर्लाही ४ बाट २० हजार १७ मत ल्याएर जित्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नागेन्द्र कुमार पराजित हुनुभएको थियो ।
चुनाव जितेर आएपछि सिंह र साहले नयाँ दलका लागि गृहकार्य थाल्नुभएको हो । सांसद सिंहले साहसँग छलफल चलेको र नयाँ पार्टी जन्माउने गृहकार्य भइरहेको बताउनु भयो ।
नेपाली कांग्रेस, नेकपा एमालेलगायत मुख्य दलप्रति अहिले जनताको अविश्वास देखिएको निश्कर्ष सहित उहाँहरुले दल गिठनको गृहकार्य अघि बढाउनु भएको हो ।
सिंहले भन्नुभयो, ‘प्रभु साहजीसँग छलफल भएको हो । हामी विभिन्न मोडालिटीको कुरा गरिरहेका छौं ।’ साहले पनि नयाँ दल खोल्ने गृहकार्यमा लागेको स्वीकार गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्