जनता टाइम्स

२७ मंसिर २०७९, मंगलवार २०:३६

काभ्रेको बेथानचोकमा बस दुर्घटना : १३ जनाको मृत्यु, २० जना गम्भीर घाइते


बनेपा, मंसिर २७। काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ब्रतबन्धमा सहभागी भएर फर्किने क्रममा आज बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार गरी धुलिखेल अस्पताल पठाइएको छ ।