पोखरा, मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताउनु भएको छ । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘तपाईंको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मेरो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बझ्नै नपाइ बित्यो । दोस्रो कार्यकाल देशको लागि केही महत्वपूर्ण काम गरे भन्ने गर्व छ,’ प्रचण्डले भन्नुभयो ।
अहिले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफल भएको बताए। उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने बताउनु भयो ।
निर्वाचन आयोगले राष्ट्रिपतिलाई निर्वाचनको परिणाम बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताउनु भयो । यो निर्वाचनले दलहरुलाई ठूलै चुनौती देखिएको उनको भनाइ छ। नयाँ दलको उदयलाई चुनौती र अवसरको रुपमा लिनुपर्ने बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस्