सुर्खेत, मंसिर २८ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभामा नेताका आफन्त मात्रै समानुपातिकमा छनोट गरेको पाइएको छ । माओवादीले निर्वाचन आयोगमा नेताका पत्नी र आफन्तलाई मात्रै समानुपातिकतर्फ छनोट गरेर सूची बुझाएको हो ।
माओवादीले प्रदेशसभामा डोल्पाकी उर्मिला विक, कालिकोटकी यशोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का र हुम्लाकी जुम्कित लामा कार्कीलाई प्रदेशसभामा समानुपातिकबाट छानेको छ । उहाँहरु सवै नेताका पत्नी हुनुहुन्छ । डोल्पाकी उर्मिला माओवादी केन्द्रीय सदस्य रामला विककी श्रीमती हुनुहुन्छ ।
यस्तै यशोदा कालिकोटका संयोजक लक्ष्मी चौलागाइँकी श्रीमती, खडका रुकुम पश्चिमका संयोजक सचिन रोकाकी श्रीमती कार्की हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका पार्टी अध्यक्ष तथा पालिकाका उपाध्यक्ष चन्द्रबहादुर कार्की श्रीमती हुनुहुन्छ । आयोगले आज माओवादीबाट कर्णाली प्रदेशमा चार नेताका पत्नी मात्रै सांद चुनिनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्