जनता टाइम्स

१ पुष २०७९, शुक्रबार ०९:१७

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौं, पुस १ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुसु लागेको छ भने पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।