जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १९:४९

शिल्पालाई पक्राउ गर्न कानुनी बाटो खुल्यो, अदालतद्धारा अन्तरिम आदेश दिन अस्विकार


काठमाडौं, साउन २४

बहुविवाहको आरोपमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी नायिका शिल्पा पोखरेललाई अर्को आपत आईपरेको छ । उच्च अदालत पाटनले नायिका शिल्पाको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ।

सो सँगै उनलाई पक्राउ गर्न कानुनी बाटो खुल्ला भएको छ । जिल्ला अदालत काठमाडौंले निर्देशक छबि ओझासँग बहुविवाहको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्द शिल्पा उच्च अदालत पुगेकी थिइन्।

न्यायाधीशद्दय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलाशले शिल्पाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो । उनी गत साउन १६ मा निषेधाज्ञाको मुद्दा लियर उच्च अदालत पाटन पुगेकी थिइन् । निर्देशक ओझाकी पहिलो पत्नी हेमा ओझाले गत साउन ८ मा छबि र शिल्पाविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।