काठमाडौं, पुस २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्रीलाई बटमलाइन बनाउनु भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग भेटबार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले प्रचण्डसँगको छलफलपछि नेपाललाई बालुवाटारमै बोलाएर भेटबार्ता गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलमा प्रचण्डले माधव नेपालसहितका साना दलहरु आफूसँगै रहेको बताउनु भएको भन्दै देउवाले नेपालसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको नेपालसँगको छलफल मूलतः सत्ता समीकरण र सरकार गठन प्रक्रियाका बारेमा रहेको बताइएको छ ।
एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ। सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राख्नुभएको छ । सो बारे क्लियर हुन देउवाले नेपालसँग भेटवार्ता गर्नुभएको उहाँ निकट नेताको भनाई छ ।
भेटमा देउवाले तपाई मतिर हो कि प्रचण्डतिर भन्दै प्रश्न गर्नुभएको थियो भने माधवले कुनै जवाफ नदिई कुरा घुमाउनु भएको बालुवाटारस्रोतको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्