जनता टाइम्स

३ पुष २०७९, आईतवार १२:२५

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कसरी हुँदैछ कारोबार


काठमाडौं, ३ पुस । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुन प्रतितोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।