काठमाडौं, ३ पुस । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ । आज परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ । बिहीबार भने परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा पुगेको थियो सोही दिन १ अर्ब बढिको सेयर कारोबार भएको थियो ।
आज २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आज कृषि बिकास बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
यता रिडी पावर कम्पनीको पनि ५ करोड ४३ लाख बराबरको कारोबार भएको छ । यस्तै इस्टर्न हाइड्रो पावर र ग्लोबल आइएमइ बैंकको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । आज १३ वटा उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, हाइड्रो पावर र अन्य इन्डेक्समा २ प्रतिशत भन्दाबढिले ओरालो लागेको छ ।













प्रतिक्रिया दिनुहोस्