काठमाडौं, ३ पुस । नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताउनुभयो ।
उता राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि एक हप्ता समयसीमासहित आह्वान गर्नुभएको छ । राष्ट्रपतिले ७ दिनको समय दिएर आज नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्