जनता टाइम्स

४ पुष २०७९, सोमबार १४:०४

फ्रान्सेली राष्ट्रपतिले मैदानमै गएर एमबाप्पेलाई दिए सान्त्वना


काठमाडौं, ४ पुस । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोर्नुपर्यो । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिनुभएको छ ।

पराजयसँगै दुःखी बन्नुभएको एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्त्वना दिनुभएको हो । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुग्नुभएको थियो । आज यो तस्विरले सबैको मन जितेको भन्दै भाइरल भएको छ ।