काठमाडौं, ४ पुस । नेपाली काँग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवार हुन चाहनेलाई ५१ जहार मनोनयन दस्तुर तोकेको छ । पर्सी बुधबार काँग्रेसले संसदीय दलको नेता छान्ने भएको छ ।
मंसिर ४ मा भएको निर्वाचनमा काँग्रेसले प्रतक्ष्यतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना रहनुभएको छ । उहाँ ८९ जना नै मतदाता हुने संसदीय दलमा नेता बन्ने दौड देखिएको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले यस्तो दौड भएको हो ।
काँग्रेसमा सभापति शेदबहाुर देउवा, गगन थापा र शेखर कोइराला दलको नेता बन्ने दौडमा हुनुहुन्छ । सकेसम्म सर्वसम्मत गर्ने प्रयास भइरहेको बताइएको छ । यदी चुनावै भएकोस्थितिमा पनि देउवाकै पल्ला भारी रहेको जानकारहरू बताउँछन् ।













प्रतिक्रिया दिनुहोस्