काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेकका राजनीतिक दलहरू स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताउनुएको छ नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताउनुभएको हो । उहाँले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताउनुभयो । उहाँले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेको बताउनुभयो । ‘यी उद्देश्यका लागि अहिले सरकार बन्ने अभ्यास भइरहेको छैन ।
यिनका विपरित र यि कुरालाई कमजोर पार्न सरकार बन्ने खेल अहिले चलिरहेको छ’, अध्यक्ष ओलीले सत्ता गठबन्धनले गठन गर्न लागेको सरकारप्रति टिप्पणी गर्दै भन्नुभाये ,‘जुन देशका लागि दुखदमात्रै होइन डरलाग्दो संकेत हो ।’ अध्यक्ष ओलीले त्यसैले पार्टीबाट नवनिर्वाचित सांसदहरुलाई आफुले खेल्नुपर्ने भुमिकाका बारेमा गम्भीर बन्न निर्देशन दिनुभएको छ । उहाँले जनप्रतिनिधिले साँच्चैको भुमिका खेल्न जरुरी रहेको भन्दै पार्टीको नीति र निर्देशनअनुसार संसद र संसद बाहिर पनि भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकोमा सचेत समेत गराउनुभयो ।
‘साचो जनप्रतिनिधि कस्तो हुन्छ ? साँच्चैको जनप्रतिनिधिले बाहिर कस्तो र संसदमा कस्तो भुमिका खेल्नुपर्छ रु यि कुराहरूमा अत्यन्तै गम्भीरतापूर्वक ध्यान दिनु र क्रियाशील हुन जरुरी छ’, ओलीको भनाइ छ । उनले त्यो भुमिकाका लागि अध्ययनशील बन्न, स्पष्टताका साथ प्रस्तुत र टिम स्पिरिटमा पार्टी र दलका निर्देशन पालनामा जोड दिन निर्देशन दिए । उनले पार्टीभन्दा आफै जान्ने, गुटगत क्रियाकलाप गर्नु आन्दोलनलाई गम्भीर क्षति पुर्याउने भन्दै त्यस विषयमा पार्टी जोगिदै पनि आएको बताए । उनले यो विचमा देशलाई अकर्मण्य बनाइएको भन्दै अव त्यसलाई जोगाउन आफ्नो भुमिका प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले फेरि पनि लेनदेन र सेटिङको आशंका गर्दै भने, ‘फेरि लेनदेन र फेरि सेटिङतर्फ देश जान थालेको छ । हिजो चार वटा राष्ट्रिय पार्टी थिए । अहिले ७ पार्टी भएका छन् । तर कस्तो सरकार र कसको नेतृत्वमा बन्छ भन्ने अन्योलको स्थिति छ’, पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीको भनाइ छ ।
उनले राजनीतिक दलको परिभाषा नै अस्पष्ट भएको भन्दै दलहरुको स्पष्ट नीति उद्देश्य र गन्तव्यका आधारमा दल गठन हुनुपर्नेमा आजका सत्ता गठबन्धन दलको कुनै उद्देश्य र नीति नरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्