जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ११:५३

पाकिस्तानले लगायो भारतीय चलचित्रमाथि प्रतिबन्ध


इस्लामावाद, साउन २५ । जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले खारेज गरेसँगै पाकिस्तानले भारतीय चलचित्रमाति प्रतिबन्ध लगाएको छ । भारतको कदमको कडा प्रतिवादमा उत्रिएको पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्न यस्तो कठोर कदम चालेको हो । यसै कदम अन्तर्गत पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।

सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन । डा. फिरदोसले कश्मीरको पक्षमा पाकिस्तानले सबै किसिमको विकल्प अपनाउने घोषणा पनि गरेका छन । उनले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई समेत कश्मीरको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन् । यसका साथै पाकिस्तानले कश्मीरको दुर्दशाको बारेमा उजागर गर्ने बताएको छ ।

योभन्दा अगाडि पनि पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१९ को फेब्रअरीमा भारतीय सेनाले गरेको हवाई प्रतिबन्ध ‘एयर स्ट्राइक’ पछि पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको थियो । भारतले पनि ‘पुलवा आक्रमण’ पछि पाकिस्तानी अभिनेता तथा अभिनेत्रीलाई भारतमा प्रतिबन्ध लगाउनुका साथै फिल्म रिलीज नगर्न निर्देशन दिएको थियो । अहिले पुनः प्रतिबन्ध लगाएको हो ।