जनता टाइम्स

५ पुष २०७९, मंगलवार १८:४४

सिरहाबाट अवैध गाँजासहित दुई जना पक्राउ


काठमाडौं, ५ पुस । सिरहाको गोलबजार नगरपालिका–१ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । ८ किलो ८ सय ग्राम अवैध गाँजासहित मंगलबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका–१ का ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ ।

अटो रिक्साको पछाडि भागमा लुकाई राखेको उक्त गाँजासहित फेला पारी अटो चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यसबारे थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले पनि प्रहरीले जनाएको छ ।