काठमाडौ, ५ पुस । आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज मङ्गलवार चेक हस्तान्तरण गरेको छ ।
आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमाु नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा बेलिमाया तामाङलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नुभएको थियो ।
आज काठमाण्डौको पानीपोखरीमा रहेको आईएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई चेक हस्तान्तरण गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्