जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १५:१०

एनआरएन मकाउको अध्यक्षमा महासचिव गुरुङले गरे उम्मेद्वारी घोषणा


मकाउ, साउन २५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा बर्तमान कार्यसमितिका महासचिव पुर्णबहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । मकाउमा रहेका सबै नेपालीको हितका लागि काम गर्ने प्रतिवद्धतासहित समाजसेवी गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

‘सवैको हितमा समर्पित गर्ने गरी मैले गैर आवासीय नेपाली संघ, मकाउको नेतृत्व लिने सोचेको छु’, आफ्नो उम्मेद्वारी घोषणा गर्दै समाजसेवामा निकै सक्रिय गुरुङले भन्नुभयो, ‘मेरो उम्मेद्वारीको अर्थ छ भन्ने मलाई लाग्छ । र, यो अर्थलाई विश्वासमा बदलिदिनुहुन सवै मकाउवासी नेपालीमा आग्रह गर्दछु ।’ बिगत लामो समयदेखि मकाउमा बस्दै आउनु भएका गुरुङले एनआरएनएको रुपान्तरण र संस्थागत विकासका लागि आफ्नो ९ बुँदे एजेन्डासहितको घोषणापत्र पनि सार्वजनिक गर्नुभएको छ ।

‘मकाउमा नेपालीका समस्या समाधानका लागि दीर्घकालिन योजनाहरु पनि त्यत्तिकै जरुरी छन, अल्पकालिन योजनाहरु जुन अति अपरिहार्य छन, तिनलाई प्राथमिकता राखेको छु,’ गुरुङले भन्नुभयो । मकाउस्थित दूतावास र सम्पूर्ण नेपाली तथा विदेशी संघ संस्थासँग सहकार्य र कार्यगत एकतासहित अघि बढ्ने प्रतिवद्धता पनि उहाँको छ । गुरुङ सन् २००७ मा एनआरएनए मकाउको संस्थापक सचिव हुनुभएका गुरुङ मकाउ एनआरएनएका बर्तमान महासचिव हुनुहुन्छ ।