काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उहाँहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्