जनता टाइम्स

७ पुष २०७९, बिहीबार १४:४६

एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा, समसामयिक विषयमा छलफल


काठमाडौं, ७ पुस । नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजनाबारे छलफल भएको एक नेताले बताउनुभयो ।