काठमाडौं, ७ पुस । जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि त्यस्तो प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो ।
पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो । लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाउनुभयो । ‘माघ महिनाबाट हाम्रा इटाहरु बजारमा आउन थाल्ने छन्,’ उहाँले भन्नुभयो ।
















प्रतिक्रिया दिनुहोस्