जनता टाइम्स

७ पुष २०७९, बिहीबार १५:१४

आज पनि बढ्यो सुनको भाउ


काठमाडौं, ७ पुस । सुनको मूल्य नेपाली बजारमा आज प्रतितोला ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।