जनता टाइम्स

८ पुष २०७९, शुक्रबार १४:४३

ह्वात्तै घट्यो सुनको भाउ, तोलामा १२०० कम


काठमाडौं, ८ पुस । सुनको मूल्य नेपाली बजारमा आज प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो । आज चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लागेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।