जनता टाइम्स

९ पुष २०७९, शनिबार १३:१२

सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराउँदै काँग्रेस


काठमाडौं, ९ पुस । नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गराइरहेको छ । शनिबार मध्यान्ह प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सबै सांसदलाई बालुवाटार आउन निर्देशन दिनुभएको थियो ।

दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित हुनुभएको थियो । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि वहुमत जुटाउन सांसदहरुको हस्ताक्षर समेत गराइरहेको छ । केही सांसदले खाली कागजमा सही गरेका छन् भने बाँकीलाई हस्ताक्षर गराउन बालुवाटार बोलाइएको बताइएको छ ।