जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार ०९:१९

प्रवासी नेपाली एकता मञ्च अमेरिकाले बाल्टिमोरमा गर्यो नेकपा नेता अधिकारीसहितको टोलीलाई स्वागत


बाल्टिमोर, साउन २६ । अमेरिका भ्रमणमा रहनुभएका नेकपाका नेता काशीनाथ अधिकारीसहितका नेताहरुलाई प्रवासी नेपाली एकता मञ्च अमेरिकाले स्वागत गरेको छ । प्रवासी नेपाली एकता मञ्च अमेरिकाले वाल्टिमोरमा बिशेष कार्यक्रमको आयोजना गरी नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य काशीनाथ अधिकारी, केन्द्रीय नेता लक्ष्मण पौड्यल, संविधान सभा सदस्य कल्पना चापागाईलाई स्वागत कार्यक्रम गरेको हो ।

वाल्टिमोरको नेपाल हाउस रेष्टुरेन्टमा आयोजित स्वागत कार्यक्रममा माहवाणिज्यदुत प्रेमराजा महत, प्रवासी नेपाली एकता मञ्चका नेता प्रभु थापा, हेमन्त भेटवाल, वानाका अध्ययक्ष सुवोध विलास पन्त, वरिष्ठ उपाध्यक्ष हिरा गुरूङ, महासचिव किरण ढकाल, वानाका पूर्वअध्ययक्ष तथा वाना ट्रष्टीका अध्ययक्ष कुलमणि आचार्य लगायतका व्यक्तित्वहरूले उहॉहरूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेता अधिकारी, पौडेल र चापागाईले नेपालका समसामयिक विषयबस्तुका वारेमा जानकारी गराउनु भयो । कार्यक्रम पश्चात नेता अधिकारी र पौड्यलले वाल्टिमोरमा रहेको फ़ोर्टमेक्यान्ड्री र हिमालयन हाउसको पनि अवलोकन गर्नु भयो ।