जनता टाइम्स

९ पुष २०७९, शनिबार १७:३२

प्रचण्ड-माधवलाई देउवाको प्रस्ताव : राष्ट्रपति–प्रधानमन्त्री कांग्रेसलाई दिएर गठबन्धन जोगाऔं


काठमाडौं, पुस ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई दिएर गठबन्धन जोआउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई प्रस्ताव गरेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग यस्तो प्रस्ताव राख्नुभएको हो । कांग्रेस बरिष्ठ नेता पौडेलले आज प्रचण्ड र माधवसँग भेट गर्नुभएको हो । भेटमा पौडेलले पौडेलले देउवा पहिलो कार्यकालको प्रधानमन्त्री र कांग्रेसलाई राष्ट्रपति पदमा सहयोग गरेर सत्ता गठबन्धन नभत्काउन आग्रह गर्नुभएको हो ।

खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर पौडेलले सत्ता गठबन्धनलाई नभत्काउन आग्रह गर्नुभएको हो । पौडेलले सत्ता गठबन्धन जोगाऔं भन्दा प्रचण्डले भने कांग्रेस बेइमान बनेको भन्दै अव इमान्दार हुनुपर्ने बताउनु भएको छ । दाहालले कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र आफू प्रधानमन्त्री हुँदा गौरव महशुस हुने भन्दै पहिलो कार्यकालमा आफ्नो नेतृत्व नछोड्ने बटमलाइन सुनाउनु भएको छ ।

प्रचण्डसँग छलफललगत्तै पौडेल कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो । माधवसँग पनि पौडेलले खुमलटारकै जस्तो देउवा प्रधानमन्त्री छाडन नचाहेको र आफू राष्ट्रपति बन्ने उपयुक्त अवसर आएकोले गठबन्धन नभत्काउन आग्रह गर्नुभएको हो ।