जनता टाइम्स

१० पुष २०७९, आईतवार १३:४६

अवैद्य रुपमा भित्रिएका मोबाइल १५ पुसदेखि नचल्ने


काठमाडौं, १० पुस । १५ पुसदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० १५ पुसदेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणल जनाएको छ । आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने प्राधिकरणले जानाएको छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने छ । एमडीएमएस दर्ता नगरेको सेटहरू गत १ असोजदेखि कार्यान्वयनमा ल्याइएको थियो ।

साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेताले अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न जनाएको छ ।