काठमाडौं, १० पुस । नेकपा( एस) का नेता मुकुन्द न्यौपानेले माधव नेपालले आफूहरूको सल्लाहको बेवास्ता गर्दा पार्टी सिध्याएको बताउनु भएको छ । उहाँले आफूलगायतले माओवादीसँग मिल्नुभन्दा एमालेसँग मिलौ भनेर पहिल्यैदेखि भन्दै आएको जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादी नामको पार्टीले अब तीनजना साँसद पनि जोगाउन नसक्ने दावी उहाँले गर्नुभएको छ । ‘एमाले भनेको मनमोहन अधिकारी र मदन भण्डारीले शपथ लिएको पार्टी हो । माओवादीसँग होइन, एमालेसँग मिल्नुपर्छ भन्दै आएको हो’, न्यौपानेले भन्नुभएको छ ।
‘अहिले जे भयो, त्यो त हुने नै थियो । माधव नेपालले प्रचण्डलाई चिन्न नै सकेनन्’ न्यौपानेले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्