जनता टाइम्स

१० पुष २०७९, आईतवार १७:५१

एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी


काठमाडौं, १० पुस । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन हुनुभएको छ ।

आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो । उहाँ गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी हुनुभएको थियो ।