काठमाडौं, पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपाध्यक्ष बिष्णु पौडेलले गर्ने संभावना देखिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनाअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेतिर ल्याउने काममा निर्णायक भूमिका खेल्नुभएको कारण पौडेल उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित एमालेबाट सरकारको नेतृत्व गर्ने अवस्था बनेको हो ।
प्रधानमन्त्री नियुक्त भएपछि अब सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्रीसँगै केही मन्त्रीले पनि सोमबार नै सपथग्रहण गर्ने सम्भावना रहेको छ । पहिलो चरणमा एमाले र माओवादीका मात्र मन्त्री नियुक्त हुने र बाँकी साना दलले निर्णय गरेपछि मन्त्रिपरिषदलाई पूर्णता दिइने बताइएको छ ।
एमालेबाट उपप्रधानमन्त्रीसहित सिनियर पदाधिकारीको नेतृत्वमा सरकारमा जाने तयारी छ । नेकपा एमालेमा उपाध्यक्ष सुवास नेम्वाङले यसअघि नै राष्ट्रपति वा सभामुखबाहेक कुनै पनि मन्त्री नबन्ने बताइसक्नु भएको छ । निर्वाचनमा जितेका मध्ये सिनियर नेतामा पौडेल नै हुनुहुन्छ । एमालेले यसपटक पदाधिकारीमध्येबाट र केही नयाँ महिला नेतृलाई मन्त्री बनाउने योजना बनाएको छ ।













प्रतिक्रिया दिनुहोस्