जनता टाइम्स

११ पुष २०७९, सोमबार १५:४७

एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै


काठमाडौं, ११ पुस । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ५ जना सरकारमा जाने भएका छन् । उपप्रधानमन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ ।

उहाँहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ । केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ ।