जनता टाइम्स

११ पुष २०७९, सोमबार १६:१०

भारतका पूर्वराजदूत रञ्जित रे भन्छन् – यो सबैभन्दा ठूलो ओलीको जित हो


काठमाडौं, ११ पुस । नेपालका लागि भारतका पूर्व भारतीय राजदूत रञ्जित रेले नयाँ सत्ता गठबन्धन बन्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो जित भएको बताउनुभएको छ । बीबीसी हिन्दीसँग कुराकानी गर्दै रेले भने, ‘यसमा सबैभन्दा ठूलो जित केपी ओलीको हो । उहाँ प्रतिपक्षमा हुनुहुन्थ्यो, अहिले एक्कासि सत्ताको केन्द्रमा पुग्नुभएको छ । ओलीले आफ्नो राष्ट्रपति, सभामुख बनाउने र बाँकी राजनीतिक नियुक्ति पनि उहाँकै हातमा हुनेछ । राजदूत नियुक्तिमा पनि ओलीकै चल्नेछ ।’

नेपाली कांग्रेस जितेर पनि हारेको उहाँको भनाई छ । ‘अब नेपाली कांग्रेससँग केही छैन । कुनै प्रदेशमा पनि कांग्रेसको सरकार बन्दैन । प्रचण्ड सहमत नभएको भए देउवाले उनलाई प्रधानमन्त्री बन्नुपर्थ्यो । नेपाली कांग्रेसका धेरै सांसद थिए र प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए पनि उनको मनमानी चल्ने थिएन ।’

रे भन्नुहुन्छ, ‘देउवा डेढ वर्ष प्रचण्डको समर्थनबाटै प्रधानमन्त्री भएका थिए । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । यस्तो अवस्थामा उनले जिद्दी हुनुको साटो समझदारी देखाउनुपर्थ्यो ।’ भन्ने प्रश्नमा रे थप भन्नुहुन्छ, ‘नेपाली कांग्रेस र प्रचण्डको गठबन्धन कायम भएको भए राम्रो हुन्थ्यो । नेपालका सबै कम्युनिस्ट पार्टीहरू एकजुट हुनु चीनका लागि सधैँ राम्रो हो । ओली र प्रचण्डको पनि भारतसँग राम्रो सहकार्य थियो तर नेपालमा कम्युनिष्टहरुको एकता भएपछि चीनलाई डिल गर्न सहज हुन्छ ।’