जनता टाइम्स

११ पुष २०७९, सोमबार १६:३७

प्रचण्ड पहिलो पटक दौरा सुरुवालमा ठाँटिदा . . . .


काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो पटक दौरा सुरुवालसहितको राष्ट्रिय पोशाकमा ठाँटिएर राष्ट्रपति कार्यालउ शीतल निवास पुग्नुभएको छ । यसअघि दुई पटक प्रधानमन्त्री भइसक्नु भएका प्रचण्डले दौरासुरुवाल ढल्काएको भने यो पहिलो पटक हो ।

 

यसअघिका दुई कार्यकालको प्रधानमन्त्री हुँदा प्रचण्डले कोट पाइन्टमै शपथ लिनुभएको थियो । सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।