जनता टाइम्स

११ पुष २०७९, सोमबार १७:४६

कांग्रेस सभापति देउवा घर खोज्दै, आज बालुवाटारमै बास


काठमाडौं, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्नुहुने भएको छ । बुढानिलकण्ठस्थित उहाँको निवास निर्माणको काम चलिरहेकाले बस्न नमिल्ने भएपछि आज बालुवाटारमै बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

उहाँले सर्नका लागि घर खोज्दै गरेको पनि बताइएको छ । आफ्नो घरमा कन्स्ट्रक्सनको कार्य भइरहेकाले उहाँले अन्यत्र बस्ने घरको खोजी गर्नुभएको हो । आज नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिएसँगै देउवा बालुवाटारबाट निस्कने तयारीमा हुनुहुन्थ्यो ।