जनता टाइम्स

१२ पुष २०७९, मंगलवार १२:०५

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर


काठमाडौं, १२ पुस । नेपाली बजारमा आज सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन एक लाख रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ