जनता टाइम्स

१२ पुष २०७९, मंगलवार १२:५३

साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत


काठमाडौं, १२ पुस । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।