काठमाडौं, पुस १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको निवास खुमलटार पुग्नुभएको छ ।
पानी बारावारको अवस्थामा रहेको बेला आफ्नो निवास बालकोट आउनु भएसँगै प्रचण्डलाई आफै प्रस्तावक बसेर प्रधानमन्त्री बनाएपछि ओली खुमलटार पुग्नुभएको हो ।
यसअघि ओली प्रधानमन्त्री रहेकै बेला २०७७ पुस ४ गते खुमलटार पुग्नुभएको थियो । नेकपा जोगाउने आफ्नो अन्तिम प्रस्ताव लिएर ओली खुमलटार पुगे पनि सहमति नजुटेपछि भोलिपल्ट अर्थात पुस ५ गते संसद बिघटनको सिफारिश गर्नुभएको हो ।
त्यस्को २ बर्ष ९ दिनपछि आज ओली पुनः खुमलटार पुग्नुभएको छ । खुमलटारमा उहाँलाई प्रचण्डसहित परिवारले पारिवारिक आतिथ्यता दिएको छ ।
















प्रतिक्रिया दिनुहोस्