जनता टाइम्स

१३ पुष २०७९, बुधबार १३:१२

बालुवाटार छाडेर धुम्बाराहीमा डेरा सरे देउवा


काठमाडौं, पुस १३ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसक्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै बालुवाटार सर्ने जनाउ दिनुभएपछि देउवा धुम्बाराहीमा डेरा सर्नुभएको हो । सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडनु भएको हो ।

बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा सर्नुभएको छ । २८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि धुम्बाराहीमा सर्नुभएको हो ।