जनता टाइम्स

१३ पुष २०७९, बुधबार १३:२६

बालकृष्ण खाणको अर्को बदमासी, बिदाइकै दिन पुरानो मितिमा चार जिल्लाका सिडिओ सरुवा


काठमाडौं, पुस १३ । शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाणले अर्काे प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि पुरानो मिति राखेर चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको पाइएको छ ।

गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला खाणले प्रजिअहरु हेरफेर गर्नुभएको हो । खाणले आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका पत्नी सुप्रभा ढुंगेललाई मनाङको प्रजिअमा सरुवा गर्नुभएको छ भने गृह मन्त्रालयमा कार्यरत वसन्त भट्टराईलाई सोलुखुम्बुको सीडीओ बनाइएको छ ।

रसुवामा प्रकाशचन्द्र अधिकारी र बाजुरामा पुष्कर खड्कालाई सरुवा गरिएको छ । गृह मन्त्रालयका अधिकारीहरूका अनुसार मनाङका रवीन्द्र आचार्यलाई काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी पदमा सरुवा गरिएको छ ।

खाणले प्रधानमन्त्रीमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने निश्चित भइसकेपछि पुरानो मितिमा यस्तो निर्णय लिनुभएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।