काठमाडौं, पुस १४ । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त र पदबहाली भएसँगै फोटो अपलोड भएपछि एकाएक एकाउन्ट लक्ड गरिएको हो ।
अपलोड गर्दा पनि प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवालमा गर्नुभएको सपथग्रहणको फोटो नगराी पुरानो राखिएको छ । प्रधानमन्त्रीको आधिकारिक अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरुले बताएका छन ।
प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले यसबारेमा बुझिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट आफूहरुलाई हस्तान्तरण भइनसकेको बताउनु भयो । प्रधानमन्त्रीको सचिवालयले कसले, किन अकाउन्ट लक्ड गर्यो भनेर बुझिरहेको बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको हो ।
प्रतिक्रिया दिनुहोस्