जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १५:०९

गण्डकीका सांसदले लिए शपथ


पोखरा, १४ पुस । गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराउनुभएको हो । ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिनुभएको हो ।

कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिनुभएको हो । गोरखाका सांसद नन्द प्रसाद न्यौपानेले भागवत गीतालाई हातमा लिएर शपथ लिनुभएको हो । ज्येष्ठ सांसद बस्याललाई हिजो प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउनुभएको थियो ।